‘भ्यालेन्टाइन डे’मा गहना खरिद गर्दा पनि किस्तामा

शुक्रबार, ३० माघ, २०७७
डिजिटल संस्करण

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्डबाहक ग्राहकलाई ‘भ्यालेन्टाइन डे’को अवसरमा गरगहना खरिदका लागि इएमआई सुविधा ल्याएको छ । बैंकले इएमआई सुविधामा ग्राहकलाई ४० हजारदेखि ५ लाख रुपैयाँसम्मको गहना खरिद गर्न सक्ने योजना ल्याएको हो । 

भ्यालेन्टाइन दिवसको अवसर पारेर बैंकले श्री बालाजी डाइमन्ड, विशाल बजार र बालाजी डाइमन्ड एन्ड ज्वेलर्स, लबिम मलसँगको सहकार्यमा इएमआई योजना ल्याएको जनाएको छ । यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनोट गर्न सक्ने बैंकले जनाएको छ ।

१२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ । बैंकले हाल ९० शाखा, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार