पत्रकारले लगाए कोरोनाको खोप

सोमबार, २६ माघ, २०७७
डिजिटल संस्करण

सरकारले कोभिड– १९ विरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत सोमबारदेखि पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । सरकारले फ्रन्टलाइनमा खट्ने पत्रकारका लागि काठमाडौंमा निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाएको छ । 

कोभिड– १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरूले खुसी व्यक्त गरेका छन् । फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरूलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रूपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् ।

पत्रकारहरूले फ्रन्टलाइनमा काम गर्ने अन्य पेसा तथा वृद्धवृद्धा उमेर समूहका व्यक्तिहरूलाई पनि छिटोभन्दा छिटो कोभिड– १९ विरुद्धको खोप दिन सरकारलाई आग्रह गरेका छन् ।

सुझावित समाचार