हवाई आक्रमणमा १८ तालिबान लडाकु मारिए

शनिबार, २४ माघ, २०७७
डिजिटल संस्करण

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकु समूहको आखाडालक्षित अफगान हवाई बलको आक्रमणबाट कम्तीमा १८ तालिबान लडाकु समूहका सदस्य मारिएका छन् । स्थानीय सरकारले उनीहरूको मृत्यु भएको शनिबार पुष्टि गरेको हो । 

नान्गार्हार प्रान्तको पश्चिम भागस्थित सिर्जाद जिल्लाको पहाडी इलाकामा हवाई आक्रमण भएको सरकारी निकायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मारिएका ती तालिबान लडाकुमा १० जना रेड युनिटका सदस्य अर्थात् विशेष लडाकु रेजिमेन्टका सदस्य थिए । मारिएका सदस्यहरूमा विभागीय तालिबान लडाकु समूहका सेनापति खालिद पनि रहेको विज्ञप्तिमा जनाइएको छ । रेड युनिटका १० जना लडाकु पनि घाइते भएका जनाइएको छ । 

आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतंककारीहरूको विरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई अझ तीव्र पारेको छ । 
 

सुझावित समाचार