साधना होलसेल फर्माले घरमै औषधि डेलिभरी दिने

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

साधना होलसेल फार्मा कम्पनीले अनलाइन प्रणालीबाट चिकित्सकको प्रेसक्रिप्सनअनुसारका औषधि घरमा नै पुर्याउने व्यवस्था मिलाएको छ । ग्राहकले चिकित्सकको प्रेसक्रिप्सन सब्मिट गर्दै आफूलाई चाहिएको औषधिको मात्रा उल्लेख गरेपछि ४८ घन्टाभित्रमा नै उपभोक्ताको घरमा औषधि डेलिभरी व्यवस्था मिलाएको हो । 

अनलाइनबाहेक फोन, इमेल, ह्वाट्सएप, भाइबरलगायतका माध्यमबाट पनि औषधि मगाउन सकिने कम्पनीले जनाएको छ । यसरी औषधि मगाउँदा उपभोक्ताले १५ प्रतिशतसम्म छुटसमेत पाउने जनाइएको  छ । तत्काल काठमाडौं उपत्यकाभित्र मात्र सीमित यो सेवा दुई वर्षभित्र देशका मुख्य–मुख्य सहरमा पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

यो सेवाले चिकित्सकले सिफारिस गरेका जुनसुकै औषधिलाई कोरोना संक्रमणको अवस्थामा घरबाट निस्कनुपर्ने बाध्यता अन्त्य हुने कम्पनीले जनाएको छ । औषधि पुर्याएपछि बिलअनुसारको नगद भुक्तानी वा ई–सेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका कार्यकारी निर्देशक असीम शर्माले बताए । 

सुझावित समाचार