अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लैजान लागिएको १० लाख रुपैयाँ बरामद

आइतबार, १८ माघ, २०७७
डिजिटल संस्करण

त्रिभुवत अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तवरले दुबई लैजान लागिएको १० लाख रुपैयाँसहित कलंकीका आशिष खाती क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलस्थित सुरक्षागार्डबाट खटिएका प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनले नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानबाट उक्त रकम कालो रंगको ह्यान्डब्याग (सुटकेस)मा लुकाई लैजान लागेका थिए । एक्स रे मेसिनको चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुझावित समाचार