चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमा फैलिएको कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन् । उनले विश्वका नेताहरूसँगको फोनवार्तामा शुक्रबार महामारी नियन्त्रण र विकासका सम्भावनाका बारेमा थप सूचना आदानप्रदान गर्न संयुक्त प्रयास हुनुपर्ने जोड दिएका थिए ।
राष्ट्रपति सीले हाल विश्वभर फैलिरहेको कोरोना भाइरस महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्या भएकाले बताएका छन् । यसको समाधानका लागि पनि विश्वका सबै नेताले एक आपसमा समन्वय गर्नुपर्ने बताएका छन् । उनले बोलिभिया, दक्षिण कोरिया, बेलारुसका राष्ट्रपति तथा डोमिनिकन प्रधानमन्त्रीसहितका नेताहरूसँग शुक्रबार फोनवार्ता गरेका थिए ।
फोनवार्ताका क्रममा उनले महामारीका साथै अन्य विकासका कार्यमा पनि सहकार्य र समन्वयसहितको प्रयासका लागि आग्रह गरेका थिए । सोहीक्रममा उनले अघि सारेको वेल्ट एन्ड रोड इनिसिएटिभ्स् जस्तो आयोजनाबाट पनि चीनले अन्तर्राष्ट्रिय रुपमा सहयोग र समझरी बढाउन चाहेको धारणा राखेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
वार्ताका क्रममा उनले चीनले कोरोना भाइरस संक्रमण नियन्त्रणका क्षेत्रमा गरेका कामका बारेमा जानकारी दिएका थिए । उनले फोनमा कुरा गरेका नेताहरूसँग ती देशमा महामारीको पछिल्लो अवस्थाका बारेमा पनि जानाकरी लिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न संयुक्त प्रयासका लागि आग्रह
मक्का सम्झौताप्रति सावधान हुनुपर्छ भारत
२ हप्ता अघि
इमरान खानकी बहिनी पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
रोहिंग्याको दमनविरुद्ध मुस्लिम देशहरू किन दरिलोसँग आवाज उठाउन सक्दैनन् ?
इस्लामिक सहयोग संगठनले आफ्नो सदस्य नभएका सरकारहरूमार्फत रोहिंग्याविरुद्ध गरिएको दुर्व्यवहारलाई पनि चुनौती दिनुपर्छ
पाकिस्तानमा एक विद्यालयको छाना खस्दा कम्तीमा ३३ जनाको मृत्यु
इस्लामाबाद/ उत्तर–पश्चिमी पाकिस्तानमा एउटा विद्यालयको छाना खस्दा कम्तीमा ३२ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । त्यस्…
ट्रम्पसँग तनावपछि युक्रेनी सेनाको स्टारलिंक इन्टरनेटमा पहुँच सीमित
रुसले युक्रेनमा ठुलो संख्यामा ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्दा अमेरिकाले विगतमा दिनेजस्तो आक्रमणको पूर्वसूचनासमेत युक्रेनी पक्षलाई दिएन
म्यानमारमा ‘स्क्याम सेन्टर’ चलाउने तीन चिनियाँलाई मृत्युदण्ड
बेइजिङ/ पूर्वी चीनको एउटा अदालतले म्यानमारमा स्क्याम सेन्टरको सञ्जाल सञ्चालन गरेको अभियोगमा तीनजना चिनियाँ नागरिकलाई मृत्युदण्डक…
इतिहासमा आज
सन् १९९४ : नर्वेको नोबेल कमिटीद्वारा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिन, विदेशमन्त्री सिमोन पेरेज र प्यालेस्टिनी नेता यासेर अराफा…
प्रान्तीय सरकार भंग गरिए पनिपिटिआईले ‘लङ मार्च’ नरोक्ने
इस्लामाबाद/ जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पिटिआई) ले सं…