सिटिजन्स बैंकद्वारा कन्ट्याक्टलेस कार्डको सुरुवात

शनिबार, १० माघ, २०७७
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भिसा कन्ट्याक्टलेस कार्ड सेवाको सुरुवात गरेको छ । बैंकले नियर फिल्ड कम्युनिकेसनमा आधारित कार्ड ट्याप सुविधा भएका पिओएस मेसिनहरूमा प्रयोग गर्न सकिने व्यवस्था गरेको हो ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नछिराई एउटा सीमित दूरीबाट पिओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिने जनाएको छ ।

यो प्रविधि सरल एवं सहज हुनुका साथै अहिलेको कोभिडको जोखिममा कसैसँग नछोईकन कारोबार गर्न सकिने जनाइएको छ । राष्ट्र बैंकको नियमानुसार हाललाई यस प्रविधिबाट प्रतिकारोबार २ हजार रुपैयाँसम्म विनापिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

बैंकले देशभरि फैलिएका १ सय ९ वटा शाखा, ९८ एटिएम र १ सय ७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार