सोनापुर मिनरल्सको सार्वजनिक निष्कासन प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

शनिबार, १० माघ, २०७७
डिजिटल संस्करण

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सोनापुर दाङ जिल्लामा अवस्थित पश्चिम नेपालकै ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । सम्झौतामा सोनापुर मिनरल्स एन्ड आयलका प्रबन्ध सञ्चालक निपेश तायल, एनआइबिएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा, एनआइबिएल एसका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेको जनाइएको छ ।

कम्पनीले २ करोड कित्ता सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई सार्वजनिक निष्कासन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार