बेला पब्लिकेसनद्वारा प्रकाशित ‘चुल्ठो’ माघ तेस्रो सातादेखि बजारमा

बुधबार, ७ माघ, २०७७
डिजिटल संस्करण

बेला पब्लिकेसनले कवि कल्पना चिलुवालको कवितासंग्रह ‘चुल्ठो’ प्रकाशन गर्ने भएको छ ।  प्रगतिशील विचारधारामा केन्द्रित रहेर फुटकर कविताको रचना गर्ने चिलुवालका यो पहिलो कृति हो ।

पुस्तक माघको तेस्रो सातादेखि पाठकको हातमा पुर्याइने बेला प्रकाशनकी अध्यक्ष बन्दना ढकालले जानकारी दिइन् । बेला पब्लिकेसनले यसअघि आहुतीको ‘जातवार्ता’ र खगेन्द्र संग्रौलाको ‘कोरोना कैरन’ प्रकाशित गरिसकेको  छ । 

सुझावित समाचार