नेपाली पर्वतारोही हिउँदयाममा माउन्ट केटुमा (फोटोफिचर)

आइतबार, ४ माघ, २०७७
डिजिटल संस्करण

विश्वकै अग्लो शिखर सगरमाथापछिको दोस्रो अग्लो शिखर माउन्ट केटुमा नेपाली पर्वतारोहण टोलीले हिउँदयाममा सफलतापूर्वक आरोहण गरेको छ । 

पाकिस्तानमा रहेको यस हिमालमा हिउँदयाममा आरोहण गरी नेपाली टोलीले कीर्तिमान कायम गरेको छ । 

सेभेन समिट ट्रेकिंसका छाङदावा शेर्पा नेतृत्वको टोली पाकिस्तानको स्थानीय समयअनुसार शनिबार ४ बजेर ५८ मिनेटमा माउन्ट केटुको सर्वाेच्च शिखरमा पुगेको थियो ।

१० जना नेपाली पर्वतारोही केटुको शिखरमा पुगेका हुन् । केटु हिमालको उचाइ आठ हजार ६ ;o ११ मिटर रहेकाे छ ।

आरोहणका क्रममा खिचिएका तस्बिर नयाँ पत्रिकालाई प्राप्त भएको छ । 

तस्बिर सौजन्य : छाङदावा शेर्पा

सुझावित समाचार