गुल्मीमा एक पुरुष मृत फेला

आइतबार, ४ माघ, २०७७
डिजिटल संस्करण

गुल्मीको रेसुंगा नगरपालिका– १४ पराल्मीका एक पुरुष मृत फेला परेका छन् ।

शनिबार बिहान घाँस काट्न हिँडेका ४५ वर्षीय तुलबहादुर विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

विक शनिबार साँझ गुल्मी दरबार गाउँपालिका– १ को बलिथुममा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

विकको छातीमा दाग भएकाले भरुवा बन्दुकको छर्राले लागेको हुन सक्ने अनुमान गरिएको पाण्डेयले बताए ।

घटनाको मुचुल्कासहित शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा भर्खर ल्याइएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार