सुनको मूल्यमा आठ सयले गिरावट

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

आइतबार तोलामा रु. दुई हजार तीन सयले ओरालो लागेको सुनको मूल्य आज पुनः रु. आठ सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. ९२ हजार दुई सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु. ९३ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन आजका लागि तोलामा रु. ९१ हजार सात सय तोकिएको छ । आइतबार तोलामा रु. ९२ हजार पाँच सयमा कारोबार भएको थियो । 

चाँदी तोलामा रु. ४० ले घटेको छ । आइतबार रु. एक हजार दुई सय ७० मा कारोबार भएको चाँदी आज भने रु. एक हजार दुई सय ३० मा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

See More On

सुझावित समाचार