नेपाल विज्ञापन संघ आनमा नयाँ नेतृत्व

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

नेपाल विज्ञापन संघको २१औँ वार्षिक साधारणसभाले सोमप्रसाद धितालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।काठमाडौंमा भएको साधारणसभाले तीन वर्षका लागि १४ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । 

नयाँ नेतृत्वका रूपमा वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदीप थापा, द्वितीय उपाध्यक्ष पीताम्बर पोखरेल ‘विजय’, महासचिव कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष पंकजलाल प्रधान, सचिव सन्तोष खड्का, सहकोषाध्यक्ष जीवन पोखरेललाई चयन गरेको जनाइएको छ । 

त्यस्तै, सदस्यहरूमा साजन श्रेष्ठ, विशालपुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोखरेल, कृष्णमुरारी लामिछाने, विधान राजभण्डारी चयन भएका छन् । नयाँ नेतृत्वमा प्रथम उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्विरोध चयन भएको जनाइएको छ । 

सुझावित समाचार