प्रधानमन्त्री केपी ओलीले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई न्यायालयलाई धम्क्याएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार संयुक्त विज्ञप्ति निकालेर यस्तो कदम ‘सच्याउन’ सर्वोच्च अदालतलाई सुझाबसमेत दिएका थिए ।
त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले केही समय अदालतमा जागिर खाएका केहीले अदालतलाई धम्क्याएको, प्रभावमा पार्न खाजेको र आफ्नो हैसियत बिर्सिएर पक्षधरता गरेको आरोप लगाए ।