बंगलादेश बैंकद्वारा फ्रेन्डसिप फाउन्डेसन नेपाललाई सहयोग

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

नेपाल बंगलादेश बैंकले काठमाडौं महानगरपालिकाको पानीपोखरीमा रहेको फ्रेन्डसिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थालाई रकम हस्तान्तरण गरेको हो । 

सहयोग रकम फ्रेन्डसिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्ने जनाइएको छ । गोरखाको केराबारी–१ मा निर्माण हुन गइरहेको पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दालाई सहज रूपमा विभिन्न किसिमका पुस्तकहरू उपलब्ध गराउने बैंकले जनाएको छ । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहले फाउन्डेसनका अध्यक्ष प्रकाशबाबु पौडेललाई रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सुझावित समाचार