कुमारी बैंकका ९ नयाँ शाखा

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले आफ्ना ९ नयाँ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ । बैंकले काठमाडौं उपत्यकाभित्रका ७ र उपत्यकाबाहिरका २ शाखाको उद्घाटन गरेको हो । 

उपत्यकामा बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भए तापनि मोबाइल प्रविधिबाट विद्युुतीय इ–उद्घाटन बैंकको केन्द्रीय कार्यालयबाटै बैंकका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणाले गरेको बैंकले जनाएको छ ।

उपत्यकाबाहिरको बेलबारी शाखा बैंकका सञ्चालक समिति सदस्य महेशप्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रूपमा गरेको जनाइएको छ ।

इलामको फिक्कल शाखाको उद्घाटन पनि बैंकका सञ्चालक समिति सदस्य महेशप्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले संयुक्त रूपमा गरेको बैंकले जनाएको छ । १९ वर्षअघि स्थापित बैंकले देशभर १ सय ९२ शाखा, १ सय ५२ एटिएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार