पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरूको मृत्यु भएको हो भने अरू तीनजना घाइते भएका छन् ।
बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । मजदुरहरूलाई अपरिचित लडाकुहरूले गोली प्रहार गरेको बोलानका उपआयुक्त मुराद कासीले बताए ।
घटनामा घाइते भएका मजदुरहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरूको अवस्थाबारे जानकारी गराइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले संलग्नताको जिम्मेवारी नलिएको अधिकारीहरूले जनाएका छन् ।