डिसेम्बर २०१९ मा प्रकाशित अघिल्लो वर्षको विश्वव्यापी अंकमा सन् २०२० लाई आकार दिने विभिन्न विश्वव्यापी घटनाको अनुमान गरिएका थिए । जस्तो टोक्योमा हुने गृष्म ओलम्पिक इतिहासको सबैभन्दा महँगो ओलम्पिक खेल, मध्यपूर्वमा पहिलोपटक हुन लागेको वल्र्ड एक्स्पो जुन दुबईमा हुनेवाला थियो, ब्रसेल्समा ७५ मिटरको ‘फूलको कार्पेट’ जुन पाँच लाख फूलले बन्नेवाला थियो ।
कोरोना भाइरस महामारीले विश्वभर आतंक मच्चाउन थालेपछि स्वास्थ्य नियमन तथा यात्रा प्रतिबन्ध लागू हुन थाले । त्यसअनुरूप धेरै देशमा ठूला भेलाहरूको आयोजनामा प्रतिबन्ध लाग्न थाल्यो । बाध्य भएर ठूला कार्यक्रम या त रद्द भए या सन् २०२१ मा धकेलिए । एकान्तवासमा हामीले असाधारण साहसको प्रदर्शन ग¥यौँ । उदाहरणका लागि प्रहरी दमनविरुद्ध उठेको प्रदर्शनलाई नै हेरौँ । मे महिनामा मिनियापोलिसमा प्रहरीको हातबाट जर्ज फ्लोयडको मृत्युपछि विश्वभर विरोध भएको थियो । ठूला कार्यक्रमको कुरा गर्दा तीन लाख सहभागी हुने टोक्यो म्याराथनमा दुई सय व्यावसायिक खेलाडी मात्र कुदाइयो । अर्को वर्ष पनि यही नै गरिने बताइएको छ ।
आगामी वर्षका अन्तर्राष्ट्रिय एजेन्डाले लकडाउनको प्रभाव र स्थिति बिस्तारै सामान्य अवस्थामा फर्किने विश्वास प्रतिबिम्बित गर्छ । सन् २०२० बाट धकेलिएका कार्यक्रम, खेल तथा कला कार्यक्रम लगभग एउटै समयमा हुनेछन् र नयाँ कार्यक्रममा विगतका प्रत्यक्ष भौतिक रूपमा हुने कार्यक्रम पूर्णतः डिजिटल माध्यमबाट हुँदै छ ।
जनवरी
अमेरिका, जनवरी ६–९ : सन् १९७९ देखि लसएन्जलको मेनस्टेमा आयोजना हुँदै आएको कन्जुमर इलेक्ट्रोनिक्स सो (सिइएस)ले पहिलोपटक अनलाइनबाट कार्यक्रम गर्दै छ । किनोट वक्ता, प्रत्यक्ष डेमो र डिजिटल नेटवर्किङको अवसरले रिप्लिट हुनेछ । त्यस्तै, यसले आफ्ना १,७०,००० भर्चुअल सहभागीलाई सन् २०२२ मा स्ट्रिपमा फर्किने वाचा गरेको छ ।
अस्ट्रेलिया, जनवरी १८–३१ : अस्ट्रेलियन ओपनमा सहभागी हुन टेनिस खेल्न आउने खेलाडीले १४ दिने क्वारेन्टिनमा नबसे पनि हुन्छ । प्रतियोगिता सुरु हुनुअघि पाँच जैविक सुरक्षित बबल खोलिनेछ । यसमा खेलाडीले र प्रशिक्षण गर्ने अवसर पाउनेछन् । तथापि ख्याल गर्नुपर्ने कुरा के छ भने सन् २०२० को युएस ओपनमा फ्रेन्च खेलाडी बेनो पेएरे प्रतियोगिता सुरु हुनु एक दिनअघि बबलभित्रै कोभिड– १९ संक्रमित भएका थिए ।
अमेरिका, जनवरी २८ – फेब्रुअरी ३ : विगत वर्षमा सन्डेन्स फिल्म फेस्टिभल उताह राज्यको स्की खेल खेलिने पार्क सिटीमा आयोजना हुने पछिल्ला वर्ष एक लाख फिल्मकर्मी तथा आगन्तुक पुग्ने गर्छन् । सन् २०२१ मा आयोजना हुने फिल्म फेस्टिभलमा सामाजिक दूरी अनिवार्य गरिएको छ । यस प्रयोजनका लागि अब फिल्महरू उताहमा मात्र होइन, अमेरिका अझ सम्भवतः अन्य देशका समेत २० फिल्म हलमा देखिइनेछ ।
स्विट्जरल्यान्ड, जनवरी २५ को साता : डिजिटल ड्योभोस कस्तो हुनेछ ? कम्तीमा निजी जेटका इन्धन कम जल्नेछ । अहिलेलाई उच्च तहको ‘ड्योभोस संवाद’मात्र आयोजना हुनेछ र आयोजकले आगामी भौतिक रूपमा उपस्थिति हुने सुरक्षित समय चयन गर्नेछन् । त्यस समयको एजेन्डा ‘साझा पुनरोत्थानको मार्ग डिजाइन गर्ने र कोभिडपछिको समाजको आकार दिने’बारे हुनेछ ।
फेब्रुअरी
जर्मनी, फेब्रुअरी ११–२१ : बर्लिन फिल्म फेस्टिभलले लैंगिक समानतातर्फ एउटा महत्वपूर्ण कदम उठाउने भएको छ । कुनै पनि फिल्म फेस्टिभलमा पहिलोपटक कलाकारका अभिनय पुरस्कारलाई जेन्डर न्युट्रल रूपमा दिइने भएको छ । यसको मतलब फेस्टिभलमा प्रमुख तथा सहायक भूमिकाका लागि अलग–अलग ‘उत्कृष्ट अभिनेता’ तथा ‘उत्कृष्ट अभिनेतृ’ भनेर अलग पुरस्कार हुनेछैन । त्यसको सट्टामा ‘उत्कृष्ट प्रमुख भूमिका’ र ‘उत्कृष्ट सहायक भूमिका’ विधा मात्र हुनेछ ।
दक्षिण कोरिया, फेब्रुअरी २६ – मे ९ (सन् २०२० नोभेम्बर २९–सेप्टेम्बर ४ बाट सरेको) : एसियाको सबैभन्दा पुरानो र ठूलो कला द्विवार्षिकी ग्वाङ्जु बाइनियले यो वर्ष आयोजना हुँदै छ । सन् २०२० मा नै आयोजकले यो ‘कलाकारिता र सैद्धान्तिक माध्यमबाट विस्तारित दिग्गजको वर्णक्रम’मा केन्द्रित हुने र यसको थिप ‘दिमाग उठाउने, मन घुमाउने’ राखेका थिए ।
मार्च
अमेरिका, मार्च ९ (जुलाई र अक्टोबर २०२० बाट सारिएको) : एलिजाबेथ होम्स र उनको पे्रमी पनि बताइने रमेश बल्वानीविरुद्ध मुद्दा–मामिला सुरु हुँदै छ । सात वर्षअघि उनीहरूले थेरानोस नामक निजी कम्पनी खोलेर चिकित्सकीय ल्याब परीक्षणमा क्रान्ति ल्याउने वाचा गरेका थिए । त्यसका लागि उनीहरूले विभिन्न नयाँ प्रविधि प्रयोग गर्ने वाचा गरेका थिए । तर, अहिले त्यही व्यवसायसँग जोडिएर उनीहरूमाथि १० वटा ठगी मुद्दा लागेको छ । यस प्रकरणमा पूर्वअमेरिकी विदेशमन्त्री हेन्री किसिन्जरदेखि मिडिया मुगल रूपर्ट मर्डक र पूर्वअमेरिकी रक्षामन्त्री जेम्स म्याटिसजस्ता दिग्गजले आफ्नो भनाइ राख्नेछन् ।
भारत, मार्च २९–३१ : शिख धर्मावलम्बीको पर्व होला मेहल्ला आयोजना हुँदै छ । तीन दिनको यस पर्वमा सहभागीले सैन्य अभ्यास तथा युद्ध गरेजस्तो गर्छन् । यस क्रममा उनीहरूले तरबारगारी तथा घोडचडीका विभिन्न कौशल देखाउँछन् । यो पर्व शिख गुरु गोविन्द सिंहकै पाला सन् १७१० मा आनन्दपुरमा सुरु भएको थियो । युद्धकौशल प्रदर्शनपछि सहभागीले धार्मिक गीत तथा भजन गाउने गर्छन् ।
अप्रिल
अमेरिका, अप्रिल २५ (पहिले सन् २०२१ फेब्रुअरी २८ लाई समय तोकिएको थियो) : एकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एन्ड साइन्सले अप्रिलमा ९३औँ ओस्कर पर्व सामान्यभन्दा दुई महिना ढिलो अप्रिलमा आयोजना गर्दै छ । कोभिड– १९ प्रकोपका कारण कैयौँ फिल्मको प्रदर्शन रद्द भएकाले थप फिल्मलाई प्रदर्शन हुने र अवार्डका लागि मनोनयन खुलाउन ढिलाइ गरिएको बताइएको छ । विगतमा जनवरी पहिलो हप्ता हुने अर्को ठूलो अवार्ड गोल्डेन ग्लोब पनि फेब्रुअरी २८ मा हुनेछ । त्यस्तै बाफ्टा पनि फेब्रुअरी १३ बाट सरेर अप्रिल ११ मा हुने भएको छ ।
मे
चीन, मे महिनाको कुनै मितिमा : युनिभर्सल स्टुडियोले बेइजिङमा आफ्नो पाँचौँ थिम पार्क खोल्नेछ । पार्कमा ‘मिनियन ल्यान्ड’, ‘कुङ फु पान्डा, ल्यान्ड अफ असमनेस’ र ‘द विजार्डिङ वल्र्ड अफ ह्यारी पार्टर’ जस्ता थिमका मनोरञ्जनस्थल हुनेछन् । पार्कमा प्रवेशका लागि अलिबाबाको फेसियल रिकग्निसन प्रविधि र टिकटको व्यवस्था हुनेछ । तर, एउटा प्रश्न भने उब्जिएको छ– कोरोना भाइरसको अन्त्यपछि के यो पार्कमा आशा गरिएजस्तै वार्षिक रूपमा एक करोड आगन्तुक आउनेछन् ?
नेदरल्यान्ड, मे १८–२२ : युरोभिजन गीत प्रतियोगिता रोटरड्यामको एहो एरिनामा रहेको स्टेजमा हुनेछ । तर, सन् २०२० मा यसलाई कोभिड– १९ का बिरामी राख्न अस्पतालमा रूपान्तरण गरिएको छ । नियमअनुसार देशहरूले नयाँ गीत प्रस्तुत गर्नुपर्नेछ । तर, धेरैले सन् २०२० मा रद्द भएको कार्यक्रमका लागि चयन गरेका व्यक्ति नै पठाउँदै छन् ।
इटाली, मे २२ – नोभेम्बर २१ (सन् २०२० मे २३ – नोभेम्बर २९ बाट सरेको) : १७औँ भेनिस आर्किटेक्चर बाइनियलको एक वर्षपछि हुन लागेको उद्घाटनले कला विश्वका लागि महामारी अन्त्यको सुरुवातको रूपमा मापन हुनेछ । सन् २०२१ का लागि तय गरिएको अलग भेनिस बाइनियल भने २०२२ अप्रिल २३– नोभेम्बर २७ मा आयोजना हुनेछ । विश्वको सबैभन्दा कला कार्यक्रम मानिने भेनिस बाइनियल र जर्मन कला प्रदर्शनी लगभग उही समयमा आयोजना हुने साइत जुरेको छ । प्रत्येक पाँच वर्षमा एकपटक हुने जर्मन कला प्रदर्शनी सन् २०२२ जुन १८ – सेप्टेम्बर २५ मा आयोजना हुनेछ ।
भारत, मे : लकडाउनको उपचार के हुन सक्छ ? केहीले विश्वको सबैभन्दा लामो दूरीको आरामदायी बसयात्राबाट यसलाई बिर्सिन खोज्दै छन् । ‘बस टु लन्डन’ दिल्लीबाट छुट्नेछ र दक्षिणपूर्वी एसिया, मध्यएसिया र युरोपका १८ देश पुग्नेछ । ७० दिनपछि लन्डन पुग्दा बसले १२,४२७ माइल यात्रा तय गर्नेछ ।
जुन
कोलम्बिया र अर्जेन्टिना, जुन ११ – जुलाई ११ (जुन १२ – जुलाई १२, २०२०) : विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जुन ११ देखि जुलाई ११ मा आयोजना हुँदै छ । सन् २०२० बाट सरेको यो प्रतियोगिता युइएफए युरोपियन च्याम्पियनसिप सँगसँगै आयोजना हुनु फुटबल फ्यानका लागि खुसीको खबर हो । महिला युरोपियन च्याम्पियनसिप भने सन् २०२२ मा सरेको छ ।
फ्रान्स, जुन २६–२९ : टुर डी फ्रान्सको पहिलो चरण (जसलाई ग्रान्ड डेपार्ट पनि भनिन्छ)को साइक्लिङ खासमा डेनमार्कमा हुनेवाला थियो । तर, युरोपियन च्याम्पियनसिप र ओलम्पिकसँग समय–तालिका जुध्दा यो फ्रान्समा सर्यो । अब डेनमार्कले सन् २०२२ मा मात्र ग्रान्ड डेपार्ट आयोजना गर्न पाउनेछ ।
जुलाई
इंग्ल्यान्ड, जुलाई १ : राजकुमारी डायनाको ६०औँ जन्मको वर्षगाँठमा उनका छोराहरू राजकुमार विलियम (ड्युक अफ क्याम्ब्रिज) र राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) मिलेर आफ्नी आमाको सम्मानमा सालिक अनावरण गर्दै छन् । दुई राजकुमार लन्डन र लसएन्जल्समा बस्ने भए पनि उनीहरू आफू हुर्किएको सन्केन गार्डेनमा बनाइएको सालिक अनावरण गर्न जानेछन् ।
जापान, जुलाई २३ – अगस्ट ८ (जुलाई २४ – अगस्ट ९, २०२० बाट सरेको) : टोक्योले निकट इतिहासमा पहिलोपटक निर्धारित समयभन्दा पछि सरेको समयमा ओलम्पिक खेल आयोजना गर्दै छ । यसका लागि उसले राजनीतिक, आर्थिक र लजिस्टिकल चुनौती सामना गर्नुपर्यो । जस्तो ओलम्पिक ज्योति एक वर्षसम्म कहाँ राख्ने विषयसमेत चुनौती बनेको थियो । टोक्योमा प्रतियोगिता भएको ६ महिनाभित्र सन् २०२२ फेब्रुअरीमा बेइजिङमा शीतकालीन ओलिम्पिक आयोजना हुँदै छ ।
अस्ट्रेलिया, जुलाई ३०– अगस्ट १ : दक्षिणी क्विन्सल्यान्डका उँट दुई वर्षमा एकपटक हुने तारा फेस्टिभल अफ कल्चर एन्ड क्यामेल रेसमा त्यस क्षेत्रका उँटले पनि सहभागिता जनाउनेछन् । त्यसबाहेक महोत्सवमा मायोरी जातिको हाका नर्तकनर्तकी, फ्रिस्टाइल मोटरक्रस प्रदर्शनी र कविता वाचन हुनेछ । २२०० मानिस बसोवास गर्ने तारा नामक सानो कृषि सहरमा हुने यस महोत्सवमा १२ हजार आगन्तुक आउनेछन् ।
अगस्ट
इन्टरनेट, अगस्ट १७ : माइक्रोसफ्टले २५ वर्षदेखि सञ्चालनमा रहेको ब्राउजर इन्टरनेट एक्स्प्लोरर बन्द गर्दै छ । यसको साटोमा आउने माइक्रोसफ्ट एड्जले गुगलले विकास गरेको ओपन सोर्स सफ्टवेयर क्रोमियम सफ्टवेयर प्रयोग गर्छन् । गुगलको क्रोम तथा अन्य धेरै इन्टरनेट ब्राउजरमा पनि क्रोमियम नै प्रयोग हुन्छ ।
सेप्टेम्बर
फ्रान्स, सेप्टेम्बर ११ : बोदउका पहाडबाट ओर्लिरहँदा तपाईं पिउन रोकिनुहुनेछ, सायद साटउ लातिफे रोथ्सचाइल्ड । सम्भवतः त्यसलाई उक्त क्षेत्रका क्षेत्रीय खानासँग मिसाएर खान रुचाउन सक्नुहुनेछ । २६.२ माइलको म्याराथुन डु मेडकमा यो कुरा आम हो । विभिन्न स्थानमा रोकिएर खान, पिउन मिल्ने र संगीतको पनि व्यवस्था भएकाले केहीले यसलाई विश्वको सबैभन्दा लामो म्याराथन पनि भन्छन् ।
रुवान्डा, (सेप्टेम्बरको कुनै सातामा आयोजना हुन्छ) : रुवान्डाको ज्वालामुखी रहेका राष्ट्रिय निकुन्जमा वार्षिक रूपमा आयोजना हुने क्विता इजिना समारोहमा पहाडी गुरिल्लालाई त्यहाँका रेन्जर, गाइड, घुमन्ते तथा वनस्पतिविज्ञले नाम दिने गर्छन् । खासमा रुवान्डाको राष्ट्रिय भाषा किन्यारवान्डामा ‘क्विता इजिना’को अर्थ नै नाम दिनु हुन्छ । यो परम्परा गुरिल्ला संरक्षणको अग्रसरताअन्तर्गत एक हप्ता आयोजना हुन्छ ।
अक्टोबर
संयुक्त अरब एमिरेट, २०२१ अक्टोबर १ देखि सन् २०२२ मार्च ३१ (सन् २०२० अक्टोबर २०–१० अप्रिल २०२१ बाट सरेको) : ब्युरो दे एक्पोजिसनको १७० वर्षको इतिहासमा मध्यपूर्वमा पहिलोपटक हुन लागेको वर्ल्ड एक्पो दुबईले आयोजना गर्दै छ । प्रदर्शनीमा विश्वका १९० देशको सहभागी हुनेछ ।
रुस, अक्टोबर १ : धेरै देश अहिले चन्द्रमाको दौडमा छन् । रुस पनि पछि पर्ने कुरा आएन । उसले त सन् १९७६ मै चन्द्र अभियान चलाइरहेको थियो । लुना २५ मुन ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा टेक्नेछ । यो रुसको सन् २०३० सम्म चन्द्रमा मानवसहित यान पठाउने योजनाको पहिलो कदम हुनेछ ।
नोभेम्बर
स्कटल्यान्ड, नोभेम्बर १–१२ (सन् २०२० नोभेम्बर ९–१९) : २६औँ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी संरचनात्मक सभाका सम्बद्ध पक्षबीच हुनेछ । जलवायु परिवर्तनमाथिको संरचनात्मक सभा (अर्थात् सिओपी २६) संयुक्त अधिराज्यले आयोजना गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ । सम्मेलन सरेपछिको बीचको समयमा अमेरिकामा जो बाइडेन राष्ट्रपतिका रूपमा जितेर आएका छन् । अब अमेरिकाले जलवायु परिवर्तन तथा संरक्षण नीतिमा १८० डिग्रीको फेरबदल गर्ने आशा गरिएको छ । पहिले त अमेरिका ट्रम्पको पालामा बाहिरिएको पेरिस सम्झौतामा पुनः सहभागी हुनेछ ।
बारबाडोस, सन् २०२१ नोभेम्बर अन्तिमसम्म : ब्रिटेनको पूर्वउपनिवेश बारबाडोसले सन् १९६६ मा स्वतन्त्रता प्राप्त गरेको थियो । उसले अहिले त्यो विगतका अवशेष हटाउने प्रयासस्वरूप रानी एलिजाबेथलाई देशको राज्य प्रमुखबाट हटाउने भएको छ । तीन दशकमा कुनै देशले यस्तो कदम उठाएको छ । विगतमा उपनिवेश रहेको देशहरूले स्वतन्त्र भएपछि पनि झन्डै १६ देशले अझै पनि ब्रिटिस रानीलाई सेरेमोनियल ‘शासक’ राखेका छन् । तिनमा अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडा प्रमुख छन् ।
डिसेम्बर
संयुक्त राज्य अमेरिका, डिसेम्बर २–५ (सन् २०२० डिसेम्बर ३–६ बाट सरेको) : सम्पूर्ण बसेल अन्तर्राष्ट्रिय कला महोत्सवमध्ये सबैभन्दा चर्चा गरिने आर्ट बसेल मियामी बिच एक वर्षपछि फर्किँदै छ । अघिल्लो वर्ष यसलाई मियामी बिच कन्भेन्सन सेन्टरमा अनलाइनमा देखाइएको थियो । पछिल्लो समय सेन्टरलाई कोरोना भाइरसको ‘रिजर्भ फिल्ड अस्पताल’का रूपमा प्रयोग गरिएको थियो ।
निश्चित मिति नतोकिएको तर सन् २०२१ मा आयोजना हुने कार्यक्रम
इजिप्ट : २१औँ शताब्दीको सबैभन्दा प्रतिष्ठित संग्रहालय भवन परियोजना ‘द ग्रान्ड इजिप्सियन म्युजियम’ गिजामा अनावरण हुँदै छ । यसमा तुतनखामेनबाट संकलन भएका ५६०० सामग्री पहिलोपटक प्रदर्शनमा राखिँदै छ । संग्रहालय खासमा सन् २०११ मा नै सार्वजनिक गर्ने योजना थियो, तर अरब वसन्तले गर्दा यसमा ढिलाइ भयो ।
स्विट्जरल्यान्ड : क्रिप्टोकरेन्सी स्टार्टअपहरूले शान्तिपूर्ण रूपमा नगदी रकमको स्थानलाई चुनौती दिइरहेका छन् । यो काम मुख्यतः स्विट्जरल्यान्डको एक क्यान्टन (प्रदेश) जुगमा भइरहेको छ । ‘क्रिप्टो उपत्यका’ पनि भनिने सो क्यान्टनमका नागरिकहरूले १,१०,००० डलरसम्मको कर बिटकोइन क्रिप्टोकरेन्सीबाट तिर्न सक्छन् ।
महासागर : दिगो विकासका लागि समुद्री विज्ञानको दशक सुरु भएसँगै संयुक्त राष्ट्रसंघले विश्वका महासागरको स्थितिलाई सम्बोधन गर्ने आशा गरेको छ । महासागरको स्थिति निरन्तर खराब हुँदा तिनबाट आउने माछामा निर्भर तीन अर्ब जनसंख्याको प्रोटिनको प्रमुख स्रोत जोखिममा परेको छ ।
अन्तरिक्ष : अर्बपति तथा भर्जिनका संस्थापक रिचर्ड ब्रान्सनले उनको भर्जिन ग्यालेटिक रकेटमा अन्तरिक्षको उडान भर्नेछन् ।
चीन : चीनका कम्युनिस्ट पार्टीले उसको १००औँ स्थापना दिवस मनाउँदै छ । साथै यो वर्षलाई चीनले आफ्नो देशबाट विषम गरिबी अन्त्य गर्ने लक्ष्य लिएको छ । सीले यो लक्ष्यमा विजयी भएको घोषणा गर्ने अपेक्षा छ । तर, महामारीको समयमा कम्युनिस्ट पार्टीले देशका ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसंख्यालाई न्यूनतम सुरक्षा दिनमा पनि समस्या भएको देखियो ।
अमेरिका : १४ वर्षपछि ‘किपिङ्स अप विद द कार्दसियन्स’ नामक रियालिटी टिभी सोको अन्तिम सिजन प्रसारण हुँदै छ । यदि कार्दसन परिवार सोको लामो अवधिमा क्यामेरामा प्रस्तुति दिन जान्नेले प्रसिद्धिलाई अनन्तः स्रोत जसरी उपभोग गर्न सक्ने देखाए ।