१. के–पप पहिलोपटक अमेरिकाको टपचार्टको शीर्षस्थानमा : सन् २०१३ देखि ‘ट्विइन्स सिक्वेल’ बनाउँदै आएको दक्षिण कोरियाली पप ब्यान्ड ‘बिटिएस’को अंग्रेजी गीत ‘डाइनामाइट’ले यो वर्षको सेप्टेम्बरमा अमेरिकाको चर्चित संगीत म्यागजिन ‘बिलबोर्ड म्यागजिनको हट १००’को एक नम्बरमा स्थान जमायो ।
२. यो वर्षको पोर्चुगलको सबभन्दा उचो समुद्री छालमा पहिलोपटक एक महिलाले सफल सर्फ गरिन् । ब्राजिलियन सर्फर माया गाबेइरा पोर्चुगलको समुद्रमा आएको २०२० को सबैभन्दा ठूलो छालमा सर्फ गरेर पहिलो महिला सर्फर बनिन् । पोर्चुगलको नाजारे तटमा मापन गरिएको उक्त छाल (वेभ) ७३.५ फिट उचाइको थियो । गाबेइराको कीर्तिमानी वल्र्ड सर्फ लिग र गिनिज वल्र्ड बुक दुवैले दर्ज गरेका छन् ।
३. अमेरिकी अधिकारीद्वारा रुसी श्वेत श्रेष्ठतावादी समूह विश्वव्यापी आतंकवादी करार : गत अप्रिलमा ट्रम्प प्रशासनले अल्ट्रानेसनालिस्ट रसियन इम्पेरियल मुभमेन्टलाई विश्वव्यापी आतंकवादको नाम दियो । अमेरिकी सरकारले श्वेत श्रेष्ठतावादी समूहलाई आतंकवादीको बिल्ला लगाएको यो पहिलो हो ।
४. विलासी वस्तु उत्पादन गर्ने विख्यात ब्रान्ड ‘लुइस भिउटनद्वारा पहिलोपटक फेस सिल्ड उत्पादन सुरु : सन् २०२० मा अधिकांश फेसनहाउसले फेस मास्क बेचिरहँदा लुइस भिउटनचाहिँ आफ्नो २०२१ को क्रुज कलेक्सनमा फेस सिल्डलाई आफ्नो उत्पादनका रूपमा सुरु गर्ने पहिलो विलासी कम्पनी बन्यो । यो सिल्डलाई सामाजिक दूरीको आवश्यकताअनुरूप सिल्ड तल वा माथि फर्काउन मिल्ने गरी डिजाइन गरिएको छ । लक्जरी ब्रान्डको सिग्नेचर मोनोग्रामअंकित रहने यो सिल्डको मूल्य ९६१ डलर हुनेछ ।
५. फ्रान्समा पहिलो ट्रान्सजेन्डर (तेस्रोलिंगी) मेयर : फ्रान्समा करिब ६ सय परिवारको बसोवास रहेको गाउँ टिल्लोय–लेज–मर्चिएनेसको मेयरमा गत मार्चमा तेस्रोलिंगी निर्वाचित भइन् । पर्यावरणीय दिगोपनमा जोड दिने एक डिजिटल प्लेटफर्म सञ्चालन गर्ने मारी काउ, आफूलाई लैंगिक पहिचानको कारण होइन कि आफ्नो मूल्यमान्यताका कारण निर्वाचित गरिएको विश्वास गर्छिन् ।
६. हङकङ प्रहरीद्वारा विवादास्पद नयाँ कानुनअन्तर्गत पहिलो पक्राउ : हङकङमा विवादास्पद नयाँ सुरक्षा कानुन लागू भएको एक दिन नबित्दै स्थानीय प्रहरीले उक्त कानुनअन्तर्गत पहिलो पक्राउ गरेको थियो । हङकङमा सो कानुन ३० जुनबाट लागू छ । आलोचकहरूले यो कानुनले हङकङको स्वायत्तता हनन गरेको र चिनियाँ सरकारलाई यहाँको विरोध प्रदर्शन तथा प्रेसमाथि प्रतिबन्ध कडा बनाउन थप अधिकार दिएको भनेर आलोचना गरेका छन् ।
७. टेलिस्कोपले सूर्यको सतहको विस्तृत विवरण जानकारी दिने तस्बिर खिच्यो : सन् २०२० को जनवरीमा खगोलशास्त्रीहरूले सूर्यको अहिलेसम्मकै डिटेल्ड (द मोस्ट डिटेल्ड पिक्चर) तस्बिर सार्वजनिक गरे । उक्त तस्बिर विश्वकै ठूलो र नयाँ टेलिस्कोप ‘डानियल के. इनोय सोलार टेलिस्कोप’ले लिइएको थियो । यो टेलिस्कोप हवाई राज्यको ज्वालामुखी हालेयाकला अर्थात् सूर्यको घर (हाउस अफ द सन) मा स्थापित छ ।
८. आधुनिक इतिहासमा पहिलोपटक हज रद्द : गत जुनमा साउदी अरेबियाले मुस्लिमहरूको पवित्र स्थल मक्कास्थित मस्जिदमा मुलुकबाहिरका तीर्थयात्रीलाई प्रवेश निषेध घोषणा ग¥यो । ज्ञात इतिहासमा हज रद्द गरेको यो पहिलो घटना हो । यद्यपि, युद्ध तथा महामारीको अवस्थामा पनि विभिन्न समयमा हज प्रभावित भएको थियो । हज तीर्थयात्रा सन् ६३२ वर्षयता हुँदै आएको छ । तर, आधिकारिक यात्रा प्रतिबन्धले यो पवित्र तीर्थयात्रा रोकेको भने यो नै पहिलोपटक हो ।
९. जर्मनी र इजरायलका फाइटर जेटहरूद्वारा जर्मनीको हवाईक्षेत्रमा संयुक्त अभ्यास : सन् २०२० को अगस्टमा पहिलोपटक जर्मनी र इजरायलले जर्मन भूमिमा संयुक्त सैन्य अभ्यास गरे । एउटा भयानक त्रासदीपूर्ण इतिहासका साझेदार यी दुई मुलुकबीचको यो नयाँ परिघटनाले जटिल सम्बन्धलाई रेखांकित गरेको छ । जर्मनीको सेना आधुनिकीकरण र सैन्यबलका अधिकारीहरूमा चरमपन्थी भावनाको घुसपैठसँग जुझिरहेको महत्वपूर्ण समयमा यो अभ्यास भएको छ ।
१०. जापानी फ्लाइङ कार परीक्षणमा सफलता : यो वर्षको अगस्टमा जापानको प्रविधि कम्पनी स्काईड्राइभले फ्लाइङ कार (उड्ने कार) को पहिलो सार्वजनिक सफल परीक्षण उडान पूरा गरेको छ । एसडी– ०३ नामक मानवयुक्त यो सवारीसाधनले टोयोटा टेस्ट फिल्डमा चार मिनेट चक्कर काटेको थियो । स्काईड्राइभले उपभोक्ताहरूलाई सन् २०२३ सम्ममा यो कार उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
११. वैज्ञानिकहरूद्वारा पहिलोपटक मानव शरीरभित्र जिन–इडिटिङ (आनुवांशिक–सम्पादन) उपकरणको प्रयोग : सन् २०२० को मार्च महिनामा अमेरिकाका एक अन्धा बिरामीलाई जिन–इडिटिङ उपकरण (क्रिस्पर) प्रयोग गरेर सम्पादन गरियो । यो प्रविधि मानव शरीरभित्र प्रयोग गरेको पहिलोपटक हो । बिरामीको दृष्टि फर्काउने प्रयासस्वरूप चिकित्सकले उनको आँखाभित्र सम्पादन उपकरण राखिएको औषधिको सूक्ष्म थोपा प्रवेश गराएका थिए । उनमा आँखामा प्रवेश गरेको प्रकाशलाई मस्तिष्कमा पठाउने संकेतमा बदल्न आवश्यक हुने प्रोटिन बन्न नदिने दुर्लभ आनुवांशिक समस्या थियो ।
१२. भ्यानिटी फेयरको कभर फोटो पहिलोपटक अश्वेत फोटोग्राफरद्वारा खिचाइयो : प्रसिद्ध फेसन म्यागाजिन भ्यानिटी फेयरको जुलाई–अगस्ट अंकका लागि नायिका भिओला डाभिजको कभर फोटो खिचेर डारियो काल्मेज यो म्यागाजिनको इतिहासमा पहिलो अश्वेत कभर फोटोग्राफर बने । भोग म्यागाजिनको अगस्ट अंकका लागि चर्चित फोटोग्राफर एनी लेइबोभिट्जले खिचेको जिम्न्यास्ट सिमोन बायल्सको फोटो खराब भएको भनेर आलोचना भएपछि काल्मेजलाई फोटोग्राफर लिने निर्णय गरिएको थियो । आलोचकहरूले बायल्सको फोटोहरूमा छालाको रंग मोहक नदेखिएको भनेर आलोचना गर्दै लेइबोभिट्जको सट्टामा अश्वेत फोटोग्राफर काल्मेजलाई लिन सुझाएका थिए ।
१३. केन्यामा बेलुनबाट इन्टरनेट सेवा प्रदान : अफ्रिकामा पहिलोपटक इन्टरनेट सेवा प्रदान गर्न उचाइमा उड्ने सौर्यऊर्जाजडित बेलुनहरू प्रयोग गरिए । अल्फाबेट कम्पनीको सहायक कम्पनी गुगलले केन्याको मध्य तथा पश्चिमी भागमा फोरजी एलटिई नेटवर्क उपलब्ध गराउन जुलाईमा यस्ता ३५ बेलुन प्रक्षेपण गरेको थियो ।
१४. डाइनोसरको हाडमा क्यान्सर पत्ता लाग्यो : म्याकमास्टर विश्वविद्यालय र रोयल ओन्टेरियो म्युजियमका वैज्ञानिकहरूले सात करोड ६० लाख वर्षअघि जीवित रहेको साकाहारी सिंगे डाइनोसर (सेन्ट्रोसाउरुस अर्पेटस) को हड्डीको अवशेषमा हाडको घातक क्यान्सर अस्टियोसारकोमा पत्ता लगाए । मेडिकल जर्नल लान्सेन्ट ओन्कोलोजीमा प्रकाशित अनुसन्धानअनुसार डाइनोसरमा घातक क्यान्सर यकिन भएको यो पहिलोपटक हो ।
१५. चीनको मिसन मंगल सुरु र पहिलो पुनप्र्रयोगीय यानको सफल अवतरण : चीनको राज्यनियन्त्रित चाइना एरोस्पेस एन्ड टेक्नोलोजी ग्रुपले जुलाईमा तियानवेन– १ नामक पहिलो एकल मिसन मंगल सुरु ग¥यो । तियानवेन– १ मा एउटा रोवर (नमुनाहरू संकलन गर्ने रोबोट), ल्यान्डर (अवतरक) र अर्बिटर (यान) समावेश छ । यो यान २०२१ को प्रारम्भमा मंगल ग्रहमा अवतरण हुने अपेक्षा गरिएको छ । गत सेप्टेम्बरमा चीनको स्पेस एजेन्सीले अर्काे ठूलो उपलब्धि सार्वजनिक ग¥यो– चीनले प्रयोगात्मक प्रविधि प्रयोग गरेर पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्षयान सफतापूर्वक पृथ्वीमा अवतरण गरेको छ ।
१६. सुनको मूल्यले प्रतिऔंस कीर्तिमानी २००० डलर छोयो : कोभिड– १९ महाव्याधिको अनिश्चितता माझ लगानीको सुरक्षित स्थान खोज्ने प्रवृत्तिका कारण २०२० को गर्मीमा सुनको मूल्यले प्रतिऔंस २००० डलर नाघेर कीर्तिमान मूल्य दर्ज ग¥यो । चाँदी तथा प्लाटिनियमजस्ता अन्य बहुमूल्य धातुको मूल्य पनि अकासियो ।
१७. मेक्सिकोका पूर्वसैन्य अधिकारी अमेरिकामा लागुऔषधको आरोपमा पक्राउ : अक्टोबरमा जनरल साल्भाडोर सियनफ्युगोस जेपेडा लागुऔषधको मुद्दामा अमेरिकामा पक्राउ परे । उच्चपदस्थ मेक्सिकन सैन्य अधिकारी यसरी पक्राउ परेको यो पहिलोपटक हो । उनी मेक्सिकोका भूतपूर्व रक्षामन्त्रीसमेत हुन् । अधिकारीहरूले जनरल सियनफ्युगोसलाई परिवारसहित लसएन्जलसमा अवतरण गरेलगत्तै पक्राउ गरेका थिए । उनी राष्ट्रपति इन्रिक पेना नियतोको २०१२–२०१८ कार्यकालमा रक्षामन्त्री थिए ।
१८. पोपबाट समलिंगी सम्बन्धलाई समर्थन : भ्याटिकसिटीका पोप फ्रान्सिसले समलिंगी विवाहलाई समर्थन गरे । वृत्तचित्र फ्रान्सिस्कोका लागि लिएको अन्तर्वार्ता जुन गत अक्टोबरमा रोम फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो, त्यसमा पोप फ्रान्सिसले समलिंगी विवाहलाई उनीहरूलाई पनि परिवार निर्माण गर्ने अधिकार रहेको र उनीहरू पनि ईश्वरका सन्तान भएको व्याख्या गरेका थिए । समलिंगी विवाहको पक्षमा बोल्ने फ्रान्सिस पहिलो बहालवाला पोप हुन् ।