लिभोन नेपालले भाटभटेनी डिपार्टमेन्टल स्टोरसँगको सहकार्यमा आयोजना गरेको ‘सिल्की हेयर एन्ड स्मुथ राइड’ उपभोक्ता योजनाको अन्तिम उपहार सुजिता थापा मगरले जितेकी छिन् ।
कलंकी भाटभटेनीमा आयोजित कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले सहभागी उपभोक्ताहरूको नाम अंकित कुपनहरूमध्येबाट अन्तिम यामाहा फेसिनो १२५ स्कुटर एफआई विजेताका रूपमा लक्की ‘ड्र’मार्फत मगरको कुपन निकालेकी हुन् ।
कम्पनीले भाटभटेनी सुपरमार्केटबाट लिभोनको स्याम्पु अथवा कन्डिसनरहरू खरिद गर्ने ग्राहकमध्ये एक भाग्यशाली ग्राहकले प्रत्येक महिना यामाहा फेसिनो १२५ एफआई स्कुटी उपहार प्रदान गर्दै आएको जनाएको छ ।
लिभोनले ५ महिनासम्म चलाएको ‘सिल्की हेयर एन्ड स्मुथ राइड’ अभियानको अवधिभरि निकै धेरै उत्साहजनक सहभागिता पाएको दाबी गरेको छ । अन्तिम विजेतासहित लिभोनले यस प्रतियोगिताका माध्यमबाट कुल ४ यामाहा फेसिनो स्कुटरहरू प्रदान गरिसकेको जनाइएको छ ।