काठमाडौंका रिकन्डिसनमा अवैध धन्दा : कागजातविनै मोटरसाइकल खरिद–बिक्री
चाडपर्व सकिए पनि टेकुस्थित हिरो मोटरसाइकलको सोरुम (एनजिएम हिरो बुधबारी)मा नयाँ मोटरसाइकल खरिद गर्न आउनेको भिडभाड उस्तै थियो । २३ मंसिरको त्यही भिडमा आफूलाई व्यवसायी बताउने ३० वर्षीय जोनी महर्जन पनि थिए । सोरुमका प्रबन्धक विवेक मानन्धरसँग उनले आफ्नो कार्यालयका लागि दुईवटा मोटरसाइकल आवश्यक भएको बताए । र, कुन मोडेलका बाइक ठीक होलान् भनेर जिज्ञासा राखे । केही समय छलफलपछि उनले एसप्लस मोडेलका दुई मोटरसाइकल खरिद गर्ने भए । दसैँ–तिहारको अफर बाँकी थियो, कम्पनीले उनलाई दुईवटा मोटरसाइकलमा १६ हजार छुट दिई सात लाख ६० हजार रुपैयाँमा बिक्री ग¥यो । कम्पनीको नामको चेक दिएर महर्जनले दुईजना युवा बोलाए र सोही दिन मोटरसाइकल लिएर गए । कार्यालयका लागि मोटरसाइकल खरिद गरेको भनेकाले कम्पनीको नाममा रहेको चेक लिन सोरुमका म्यानेजर मानन्धर पनि तयार भए । तत्काल चेक साट्न पठाए । तर, बैंकले थोरै ब्यालेन्स नपुगेको बताउँदै चेक फिर्ता दियो । ‘व्यापार गर्ने मान्छेको खातामा कहिलेकाहीँ ब्यालेन्स तलमाथि भइहाल्छ भन्ने लाग्यो,’ मानन्धर भन्छन् ।
कित्ता परिवर्तन गरेका छक्कबहादुर पुन: फर्किए पुरानै कित्तामा
प्रधानमन्त्री केपी ओलीको आश्वासनपछि एकैदिनमा कित्ता परिर्वतन गरेका छक्कबहादुर लामा पुन: पुरानै कित्तामा फर्किएका छन् । उनले प्रेस वक्तव्य जारी गर्दै आफू पुरानै प्रचण्ड–नेपाल नेतृत्वको मूल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फर्किएको बताएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सबैलाई छक्क पार्दै मत परिणाम आफ्नो पक्षमा पार्न सफल भएका छक्कबहादुरलाई जिल्लाका अगुवा नेता र कार्याकर्ताले साथ नदिएपछि पुरानै कित्तामा फर्किएका हुन् ।
रामचन्द्र पौडेलको आग्रह–ओलीले सहीसलामत चुनाव गराउँदैनन्, जनप्रदर्शनमा उत्साहजनक सहभागी बनौँ
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सहीसलामत चुनाव नगराउने भन्दै देशव्यापी जनप्रदर्शनमा उत्साहजनक सहभागी बन्न आग्रह गरेका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘अब हामीलाई उहाँ (प्रधानमन्त्री)ले देशमा सहीसलामत चुनाव गराउनुहुन्छ भन्ने पनि विश्वास छैन । बरु न्यायमूर्तिहरूबाट असंवैधानिक कदमलाई सच्याई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु । अतः नेपाली कांग्रेसले यो कदम सच्चियोस् भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सम्पूर्ण साथीहरूलाई उत्साहजनक सहभागिताका लागि अनुरोध गर्दछु ।’
प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिलामन्त्री आङ्बोलाई बर्खास्त
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको आरोप लगाउँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्बोलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएसँगै त्यसको असर प्रदेश १ सरकारमा समेत देखिएको हो । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली समूहका हुन् भने मन्त्री आङ्बो पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका हुन् । प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चासँगै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा ८४० संक्रमित निको हुँदा ५०० थपिए, ३ को निधन
पछिल्लो २४ घन्टामा थप पाँच सयजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५७ हजार सात पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा आठ सय ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ४९ हजार एक सय ३२ संख्या पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार सात सय ४९ छ । मन्त्रालयका अनुसार हालसम्म १९ लाख पाँच हजार आठ सय २६ जनाको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट २४ घन्टामा थप तीनजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय १९ पुगेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्न देउवाको अपिल
कांग्रेस सभापति शेरबहादुर देउवाले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन्। शनिबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठककाे निर्णयअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले धुम्बाराही र बल्खुमा आँखा नलगाउन प्रचण्ड–नेपाल पक्षलाई आग्रह गरेका छन् । उनले प्रचण्ड–नेपाल समूहलाई पेरिसडाँडामा जान आग्रह गरे । उनले देशभरका पार्टी कार्यालय सबै ओली समूहकै रहने जिकिर गरे । चुनाव चिह्न सूर्य र पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले दाबी नै गर्न नमिल्ने उनको टिप्पणी थियो ।
‘आठ वर्षपछि चीनको अर्थव्यवस्था विश्वकै सबैभन्दा ठूलो’
एक अर्थविज्ञले सन् २०२८ सम्ममा चीनको अर्थव्यवस्था विश्वकै सबैभन्दा ठूलो हुने घोषणा गरेका छन् । उनका अनुसार आठ वर्षपछि अमेरिकालाई पछि पार्दै चीन विश्वकै शक्तिशाली अर्थव्यवस्था भएको मुलुक हुनेछ । कारोना महामारीका कारण दुवै देशको अर्थव्यवस्था कमजोर भए पनि चीनले आफ्नो अर्थव्यवस्थालाई चाँडै नै उद्धार गरेका कारण अनुमान गरिएको भन्दा पाँच वर्षअघि नै चीनले अमेरिकालाई पछि पार्दै छ । यसअघि सन् २०३३ मा अमेरिकाको अर्थव्यवस्थाभन्दा चीनको अर्थव्यवस्था बलियो हुने अनुमान गरिएको थियो । सेन्टर फर इकोनाेमिक्स एन्ड बिजनेस रिसर्च (सिइबिआर)द्वारा सार्वजनिक गरिएको अध्ययन रिर्पोटमा ती विज्ञले यस्तो घोषणा गरेका छन् । रिपाेर्टमा भनिएको छ, ‘पछिल्लो केही समययता विश्व कै अर्थव्यवस्था सुस्त र संघर्षशील बन्दै आएको थियो । यहीवेला कोरोना महामारी सुरु भयो । जसले चीनलाई फाइदा हुँदै छ ।’
फ्रान्समा पनि भेटियोे कोरोना भाइरसको नयाँ स्वरूप
बेलायतमा हालै देखिएको कोरोना भाइरस (कोभिड १९) को नयाँ स्वरूप फ्रान्समा पनि भेटिएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले बेलायतबाट फर्किएका आफ्ना एक नागरिकमा कोरोनाको भर्खरै पत्ता लागेको नयाँ भाइरस संक्रमण देखिएको जनाएको हो । फ्रान्सले उक्त व्यक्तिको नाम र परिचय खुलाएको छैन । यद्यपि, ती व्यक्ति फ्रान्सको टुर्स सहरको भएको जनाइएको छ । मन्त्रालयका अनुसार ती व्यक्ति अहिले आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । उनी १९ डिसेम्बरमा बेलायतबाट फ्रान्स फर्किएका थिए । मन्त्रालयका अनुसार उनमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन ।
ग्रिलजन्य फलामको मूल्य ६० प्रतिशत बढ्यो
ग्रिल तथा स्टील व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अस्वाभाविक रूपमा बढाएका छन् । व्यवसायीहरूको छाता संगठन ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अत्यधिक अनियन्त्रित र अस्वाभाविक रूपमा बढेको बताएका हुन्। जसका कारण व्यवसाय नै धराशयी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ का कारण बन्द भई मारमा परेका उद्योगहरू विस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको बताए ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा भीषण आगलागी
ताप्लेजुङस्थित नेपाल कै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा भीषण आगलागी भएको छ । मन्दिरको बाहिर हुँदै मन्दिरआसपास क्षेत्रमा आगो पुग्न लागेको छ । पाथीभराको मन्दिर क्षेत्र नै जोखिममा परेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसहितको ६५ जनाको टोली आगो नियन्त्रणमा खटिएको पाथीभरा क्षेत्रमा रहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए ।
एउटै खेल नखेले पनि रोजर फेडेरर बने २०२० मा सबैभन्दा धेरै कमाउने खेलाडी
कोरोना भाइरस (कोभिड–१९)ले सन् २०२० को खेल क्षेत्रलाई निकै प्रभावित पार्यो । कोभिड–१९ को मारमा परेका खेलाडी महिनौँ दिनसम्म घरमा निसासिएर बस्न बाध्य भए । अब बल्ल भने खेल क्षेत्रमा केही चहलपहल सुरु भएको छ । विश्व स्वास्थ्य संगठन तथा (डब्ल्युएचओ) सम्बन्धित खेलका सर्वोच्च निकायले तोकेको प्रोटोकलअनुसार फुटबल, क्रिकेट तथा टेनिसका खेलाडी मैदानमा उत्रिन थालेका छन् । अझै पनि दर्जनौँ खेलका खेलाडी मैदानमा आउन पाएका छैनन् । जसकारण, उनीहरूको आर्थिक स्थिति डामाडोल बनेको छ । यहीँ पृष्ठभूमिमा केही खेलाडी यस्ता छन, जसले कोरोना महामारीबीच पनि मनग्य आम्दानी गरेका छन् । अमेरिकाको चर्चित पत्रिका फोब्र्सले सन् २०२० का सर्वाधिक कमाउने खेलाडीको सूची तयार पारेको छ । जसमा टेनिसका स्टार रोजर फेडेरर शीर्ष स्थानमा छन् । उनले योपटक अर्जेन्टिनी फुटबलर लियोनल मेसीलाई पाखा लगाएका छन् । यस लिस्टमा अमेरिकामा ६ खेलाडीले अधिपत्य जमाएका छन् । ती अमेरिकन खेलाडी शीर्ष पाँचपछि मात्र समावेश छन् । शीर्ष चारसम्म टेनिसका एकजना तथा फुटबलका तीनजना खेलाडी छन् ।