प्रधानमन्त्री केपी ओलीको आश्वासनपछि एकैदिनमा कित्ता परिर्वतन गरेका छक्कबहादुर लामा पुन: पुरानै कित्तामा फर्किएका छन् ।
उनले प्रेस वक्तव्य जारी गर्दै आफू पुरानै प्रचण्ड–नेपाल नेतृत्वको मूल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फर्किएको बताएका छन् ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सबैलाई छक्क पार्दै मत परिणाम आफ्नो पक्षमा पार्न सफल भएका छक्कबहादुरलाई जिल्लाका अगुवा नेता र कार्याकर्ताले साथ नदिएपछि पुरानै कित्तामा फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीको आश्वासनमा एकैदिनमा कित्ता परिवर्तन गरेपछि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, उनका स्वकीयसचिव नेत्र महतारालगायतले साथ नदिएपछि पुरानै कित्तामा फर्किएको बताए ।
उनका अनुसार प्रधानमन्त्री ओली समूहका दल रावल र गोरखबहादुर बोगटीले मन्त्री पदकाे आश्वासन दिएर लामालाई कित्ता परिवर्तन गर्न लगाएका थिए । छक्कबहादुर सहिद परिवारका सदस्य पनि हुन्। माओवादी जनयुद्धमा उनले छोरी गुमाएका थिए ।
