नेकपाका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई केपी ओलीको नेकपामा उभ्याएका छन् ।
उनी ओली समूहको नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् ।
बालुवाटारमा भएको बैठकमा उनी सहभागी भएका छन् ।
नेता थापा वैठकमा सहभागि भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरे ।
यसअघि ओली र पुष्पकमल दाहाल प्रचण्डले उनलाई आ–आफ्नो पक्षमा आउन आग्रह गरेका थिए ।
पूर्वमाओवादीका लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा सहभागी भइसकेका छन् ।