ओली पक्षले घोषणा गऱ्याे ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकले हालको चार सय ४७ मौजुदा संख्यामा पाँच सय ५६ जना मनोनयन गरेको छ ।

अब एक सय ९६ जना सदस्य रिक्त रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

मनोनीत सदस्यहरूलाई बैठकमा अध्यक्ष ओलीले शपथग्रहणसमेत गराएकाे थापाले जानकारी दिए ।

सुझावित समाचार