करिब २ अर्ब लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म, बायोग्यास, अर्गानिक मल उत्पादन गर्ने उद्देश्यसहित स्थापना हुने जनकपुर एग्रो फार्मका लागि कृषि विकास बैंक लिमिटेडको अगुवाइमा कर्जा प्रदान गरिने भएको छ । सहवित्तीयकरण कर्जाअन्तर्गत नेपाल बैंकसमेत समावेश हुने भएको हो ।
कर्जा प्रवाहका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र उक्त फार्मका अध्यक्ष खुमाप्रसाद अर्यालको उपस्थितिमा सम्झौता भएको बैंकले जनाएको छ ।
उक्त कर्जा लगानीबाट जनकपुर, धनुषाधामलगायतका पूर्वी क्षेत्रमा कुखुराको मासु तथा अन्डा उत्पादनमा आत्मनिर्भर हुन गई आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको बैंकले जनाएको छ ।