प्रधानमन्त्रीको कदम जनमत र संविधानविपरीत : गोकर्ण विष्ट

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

नेकपा नेता गोकर्ण विष्टले प्रधानमन्त्रीको संसद् विघटनको सिफारिस जनमत र संविधानविपरीत रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा विष्टले संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णय गत निर्वाचनमा व्यक्त जनमत र संविधानविपरीत रहेको बताएका हुन् ।

विष्टले भनेका छन्, ‘प्रधानमन्त्रीको संसद् विघटनकाे सिफारिस गत निर्वाचनमा व्यक्त जनमत र संविधानविपरीत छ । संविधानको संरक्षकको नाताले उक्त कदम सच्याउन राष्ट्रपतिज्यूबाट भूमिका निर्वाह हुनेछ भन्ने अपेक्षा राख्दछु ।’

सुझावित समाचार