प्रधानमन्त्री शीतलनिवासमा

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

संसद् विघटनको निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी ओली राष्ट्रपतिनिवास शीतलनिवास पुगेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी त्यहाँ पुगेको स्रोतले जनाएको छ । 

मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । 

यसैबारे छलफल र अवगत गराउन प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । 

हिजो शनिबार पनि प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीसँग भेट गरी छलफल गरेका थिए । 

सुझावित समाचार