कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संसद् विघटनको सिफारिस गरे पनि राष्ट्रपतिले स्वीकार गर्न नहुने बताएका छन् ।
उनले सरकारले गरेको संसद् विघटनको सिफारिस असंवैधानिक भएको बताए । ‘संसद् विघटनको सिफारिस असंवैधानिक मात्र होइन, अत्यन्तै गैरजिम्मेवारपूर्ण पनि छ । राष्ट्रपतिले यो प्रस्ताव कुनै पनि हालतमा स्वीकृत गर्नुहुन्न,’ उनले ट्विट गर्दै लेखेका छन् ।