एनआइबिएल क्यापिटलमा एकै दिनमा डिम्याट खाता

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

एनआइबिएल–एस क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको छ । क्यापिटलले लाजिम्पाटको मुख्य कार्यालय तथा यसका अन्य शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंक लि. को देशभर रहेका कुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो सेयर पनि दर्ता गर्न सक्ने व्यवस्था गरेको हो । 

क्यापिटलले एकै दिनमा डिम्याट खाता तथा मेरो सेयर दर्ता प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ । एनआइबिएल–एस क्यापिटल लिमिटेडसँग आबद्ध भई आप्mनो प्रतिक्रिया तथा सुझाब दिई सेवाप्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकलाई कृतज्ञता व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि सहज रूपमा आप्mना ग्राहकलाई भरपर्दाे सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 
 

सुझावित समाचार