अध्यादेश खारेज नभएसम्म संवैधानिक परिषद्को बैठकमा जान्नाैँ : कांग्रेस

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्बारे ल्याइएको अध्यादेश खारेज नभएसम्म परिषद्को बैठकमा नजाने जनाएको छ । 

अर्थात् आज साँझ ५ बजेका लागि डाकिएको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

उनले बैठकमा सहभागी हुन सूचना आएको, तर ५ बजेअघिसम्म अध्यादेश खारेज भएमा बैठकमा जाने र खारेज नभएमा नजाने बताए । 

उनले भने, ‘सरकारले अध्यादेश फिर्ता लिएमा हाम्रो सहभागिता परिषद्को बैठकमा नहुने कुरै छैन, तर फिर्ता नलिएमा भने हामी सहभागी हुँदैनौँ ।’

परिषद्काे बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ । 

सुझावित समाचार