बाँकेमा कोरोना संक्रमणबाट शाखा अधिकृतको निधन

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका- ४ का ५२ वर्षीय शाखा अधिकृत दानबहादुर विष्टको निधन भएको छ।

नेपालगन्ज उपमहानगरपालिकाकाे शिक्षामा कार्यरत विष्टको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार निधन भएको जिल्ला कोरोना संकट व्यवस्थापन समितिले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि विष्टले २४ मंसिरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । उनको २५ मंसिरमा कोरोना रिपोर्ट पजिटिभ आएको थियो ।

उनलाई उपचारका लागि २६ मंसिरमा भेरी अस्पताल भर्ना गरिएको थियो । कडाखाले कोभिडका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सबैप्रकारको उपचार गर्दा पनि विष्टको बिहान ३ः३० बजे निधन भएको हो । ०५० सालबाट उनी शिक्षा सेवामा प्रवेश गरेका थिए । योसँगै बाँकेमा काेराेना संक्रमणबाट निधन हुनेको संख्याा ४१ पुगेको छ ।  
 

सम्पादकको रोजाइ

सुझावित समाचार