झापामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

झापामा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

पाडाजुँगी–गौरीगन्ज सडक खण्डअन्तर्गत कमल गाउँपालिकस्थित गेउरीयामा भएको दुर्घटनामा दमक– ९ का ५५ वर्षीय मंगल चौधरीको मृत्यु भएको हो ।

मे.१ च ६४९७ पिकअप दुर्घटना हुँदा अन्य पाँचजना घाइते भएका छन् । 

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

उत्तरबाट दक्षिणतर्फ गइरहेको उक्त पिकअपको अचानक टायर खुस्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए । 

दुर्घटना गराउने चालक रोहन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए । उक्त पिकअप मार्बल लिएर गौरीगन्जतर्फ हिँडेको थियो । 

सुझावित समाचार