भरुवा बन्दुकसहित एकजना पक्राउ

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

बराहताल गाउँपालिका–६ गोठी बस्ने ३३ वर्षीय वीरबहादुर रावललाई एकथान भरुवा बन्दुकसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेकाे हाे ।  

बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टाेलीले रावललाई गोठमा लुकाई राखेको बन्दुकसहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै, बराहताल गाउँपालिका–६ गोठी बस्ने ओमबहादुर राजी र भास्कर थापाको गोठ तथा खेतपाखामा लुकाई राखेको तीन सय २७ थान चिरान सालको कडीसमेत प्रहरीले बरामद गरेर आवश्यक कारबाहीको लागि सवडिभिजन वन कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ ।
 

सुझावित समाचार