संखुवासभाको खाँदबारी–९ तुम्लिङटारमा शुक्रबार ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार खाँदबारी– १ चाँदनीचाेकका २५ वर्षीय दिवश राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार, शुक्रबार करिब १२ बजेर १० मिनेटको समयमा तुम्लिङटारबाट खाँदबारीतर्फ आउँदै गरेको को.२त ४३१९ नम्बरको ट्याक्टर र खाँदबारीबाट तुम्लिङटारतर्फ जार्दै गरेको ना.४५प २०७० नम्बरका मोटरसाइल खाँदबारी–९ को मुग्लिनमा एक–आपसमा ठोक्किएको थियो ।
गम्भीर घाइते भएका दिवशको उपचारको क्रममा तुम्लिङटारस्थित मनकामना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मोटरसाइकलमा सवार दिवशका साथी खाँदबारी–१ चाँदनीचाेकका मनोज सोनाम लिम्बूको मनकामना अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।