सानिमा बैंकद्वारा औषधि उपचार बिमा भुक्तानी

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

सानिमा बैंकले आफ्ना बचतकर्ताका लागि ल्याएको दीर्घायु बचत योजनाअन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधि उपचार बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको न्युरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौंनिवासी श्रेष्ठले ४७ हजार २ सय ३० रुपैयाँको औषधि उपचार बिमा भुक्तानी पाएका हुन् । 

बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

दीर्घायु बचत योजनामा ग्राहकले वार्षिक ५ हजार रुपैयाँको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, ५ हजार रुपैयाँसम्मको ओपिडी भुक्तानी शुल्कसहित नेपाल र भारतमा गरिने उपचारमा ५० हजार रुपैयाँसम्मको औषधि उपचार बिमा, १० लाख रुपैयाँको दुर्घटना बिमा र ३ लाख रुपैयाँको ६ घातक रोगहरूको बिमा सुविधा पाउन सक्ने बैंकले जनाएको छ । यसका लागि बैंकले सिद्धार्थ इन्स्योरेन्ससँग सहकार्य गरिरहेको जनाइएको छ । 

बैंकको सातै प्रदेशमा ८३ शाखा, १६ विस्तारित काउन्टर र ८१ एटिएम सञ्चालनमा रहेको जनाइएको छ । 

सुझावित समाचार