केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले फाइभ जी डुअल ब्यान्ड राउटरसहितको सेवा सुरु गरेको छ ।
कम्पनीले यसअघि २.४ गिगाहर्ज सेवा दिँदै आएकोमा उत्कृष्ट सेवा दिने योजनाअनुसार फाइभ जी सेवा सुरु गरेको हो । ५ गिगाहर्जको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकको इन्टरनेट अनुभवलाई अझ गुणस्तरीय बनाउने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, वान एथर्नेट, होलसेल आइपि ट्रान्जिट, एमभिपी, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन प्रदान गर्दै आएको जनाएको छ ।