पूर्व–पश्चिम राजमार्गस्थित चितवनकाे टिकाैली जंगलमा माेटरसाइकल र ट्रक एक–आपसमा ठक्कर खाँदा एकजना घाइते भएका छन् ।
शुक्रबार दिउँसाे १ बजेतिर भरतपुरतर्फबाट आउँदै गरेको ना.६ख ४५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना.३७प ९२७१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका हुन् ।
ठक्करबाट ३७ वर्षीय कृष्णप्रसाद घिमिरे घाइते भएका छन् । उनकाे पुरानाे मेडिकल कलेजमा उपाचार भइरहेको छ ।
उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहारी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
दुर्घटनाग्रस्त सवारीसाधन इलाका प्रहारी कार्यलय टाँडीमा र ट्रकचालक जिल्ला प्रहरी कार्यलय चितवनमा रहेका छन् ।