निजी क्षेत्रलाई प्रवर्द्धन गर्न सरकार चाहन्छ : उद्योगमन्त्री भट्ट

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा मन्त्री भट्टले वैदेशिक लगानीभन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका हुन् ।

कोभिडपछिको परिस्थितिमा लगानी बढाई रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नहुने उनको भनाइ छ ।

त्यसैले उद्योग मन्त्रालयले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी नीतिगत व्यवस्था गर्ने बताए । 

महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको स्थितिमा कतिपय उद्योगहरूमा मजदुरहरूले बन्द–हडताल गरिरहेको भन्दै त्यसलाई रोक्न पहल गरिदिन मन्त्री भट्टसमक्ष माग गरे । 

उद्योग मन्त्रालयले निर्देशन जारी गरेर भए पनि बन्द–हडताल रोक्नुपर्ने माग अध्यक्ष गोल्छाले गरे ।

कार्यक्रममा उद्योगी–व्यवसायीहरूले साना तथा मझौला उद्योगहरूले पुनर्कर्जाको सुविधा पाउन नसकेको बताएका छन् ।

सुझावित समाचार