कोरोना संक्रमणबाट थप नौजनाको निधन

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा आज कोरोना संक्रमणबाट थप नौजनाको निधन  भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार योसँगै निधन हुनेको संख्या १५ सय ३८ पुगेको छ।

नेपालमा पछिल्लाे २४ घन्टामा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार आज थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेको छ ।

त्यस्तै यो अवधिमा १५ सय ६७ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार पाँच सय ४७ रहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार