मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ । बैंकले काठमाडाैं महानगरपालिकाको  लाजिम्पाटमा आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माणका लागि भूमिपूजा तथा भवनको शिलान्यास गरेको हो ।

 बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमीपूजा तथा शिलान्यास गरेको बैंकले जनाएको छ ।

बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीय र सबल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने जनाएको छ । 

सुझावित समाचार