बाराका ६ स्थानीय तहमा अस्पतालको शिलान्यास, प्रदेशस्तरीय सरुवारोग अस्पताल पनि बन्ने

सोमबार, १५ मंसिर, २०७७
डिजिटल संस्करण

ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्याउने उद्देश्यले संघीय सरकारको कार्यक्रमअन्तर्गत आज बाराको निजगढ नगरपालिकाले १५ शय्याको अस्पतालको शिलान्यास गरेको छ । 

करिब १८ करोड लागत अनुमान गरिएको उक्त भवनको नगरप्रमुख सुरेश खनालले शिलान्यास गरेका हुन् । 

आजै देशभर तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्न मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई पत्राचार गरिसकेको छ । 

बाराका ६ वटा स्थानीय तहमा आजै एकैसाथ आधारभूत अस्पतालको शिल्यान्यास गरिएको छ ।

संघीय सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको बजेट र भवनको डिजाइन प्राप्त भइसकेपनि डिपिआर तथा खर्च इस्टिमेट गर्न बाँकी रहेकाले छिट्टै डिपिआर बनाई दुई वर्षभित्र सञ्चालन गर्ने गरी तयारी गरिएको निजगढ नगरका नगरप्रमुख सुरेश खनालले बताए।

अस्पताल निर्माणपश्चात् दक्ष चिकित्सकसहित अत्यावश्यक सवै सेवाहरू सञ्चालन हुनेछ। 

प्रदेशस्तरीय सरुवा अस्पताल पनि बन्ने

आजै प्रदेशस्तरीय सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने कार्यक्रम छ । जसअन्तर्गत प्रदेश २ को बारामा बन्न लागेको अस्पतालको मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका छन् । 

कलैया नगरपालिका– १६ स्थित उत्तरझिटकैयामा निर्माण गर्न लागिएको सरुवारोग अस्पताल करिब सात बिघा क्षेत्रफलमा बन्न लागेको हो । ५० शय्याको अस्पतालको लागत अनुमान करिब ३२ करोड रुपैयाँ  छ । 
 

सुझावित समाचार