रोयल इन्फिल्डको क्लासिक ३५० सिसीमा दुई नयाँ रङ

सोमबार, १५ मंसिर, २०७७
डिजिटल संस्करण

रोयल इन्फिल्ड ब्रान्डले आज आफ्नो सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५० सिसीको सिग्नल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङका मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एयरवर्न ब्लू र स्टोर्मराइडर स्यान्ड सार्वजनिक गरेको हो । 
रेट्रो लुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाका लागि डुअल च्यानल एबिएस राखिएको कम्पनीले जनाएको छ । 

रोयल इन्फिल्ड ब्रान्डका मोटरसाइकलले आफ्नो गौरवमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाइकल बजारमा ल्याएको कम्पनीको दाबी छ । नयाँ पिँढीलाई लक्षित गरेर बनाइएको भए तापनि यस मोटरसाइकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको कम्पनीले जिकिर गरेको छ । 

नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिले आफ्नो १९ वटै शाखा तथा डिलरहरूमा क्लासिक ३५० सिसी सिग्नल्स बिक्री प्रवद्र्घन सुरु गर्ने जनाएको छ । यसको मूल्य ६ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

सुझावित समाचार