कोरोना संक्रमित एक वृद्धको धरानमा निधन

शुक्रबार, १२ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित एक वृद्धको धरानमा निधन भएको छ । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा ७६ वर्षीय वृद्धको निधन भएको हो । 

बेलबारी मोरङका ती वृद्धमा मधुमेह र उच्चरक्तचापजस्ता दीर्घरोग रहेको र उनीमा ३ मंसिरमा कोरोना पजिटिभ देखिएको अस्पतालले जनाएको छ । 

उनको बिहीबार राति साढे ९ बजे निधन भएको र उनको शवको व्यवस्थापन नियमअनुसार हुने अस्पतालले जनाएको छ ।

सुझावित समाचार