कोरोना संक्रमित एक ४५ वर्षीय पुरुषको धरानमा निधन भएको छ ।
धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा ती पुरुषको निधन भएको अस्पतालले जनाएको छ ।
झापा घर भएका ती पुरुषमा १ मंसिरमा कोरोना पजिटिभ देखिएकोमा शनिबार राति १ बजे निधन भएको अस्पतालले जनाएको छ ।
मृतकको शव नियमअनुसार व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।