धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । झापा बाहुनडाँगी– ४ मेचीनगरका ४५ वर्षीय पुरुषको उपचारको क्रममा गएराति १ बजे प्रतिष्ठानकाे कोभिड अस्पतालमा मृत्यु भएको हो ।
प्रतिष्ठानको सूचना केन्द्रले दिएको जानकारीअनुसार उनलाई मंसिर १ गते कोरोना पुष्टि भएको थियो । उनलाई ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय नाै पुगेको छ ।