किवी किसानले सुरु गरे वाइन उत्पादन

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

मोरङको केराबारी गाउँपालिका वडा नम्बर २ सिंहदेवी (जेफाले)का किसान नारायण राईले आफूले उत्पादन गरेको किवीबाट वाइन उत्पादन सुरु गरेका छन् । किवी नै बिक्री गर्नुभन्दा वाइन बनाएपछि बढी नाफा हुन थालेकाले उनले वाइन उत्पादन सुरु गरेका हुन् ।

मोरङकै दुर्गम मानिने जेफालेमा उत्पादन भएका वस्तु बजारमा पुर्याउन समस्या छ । त्यहाँबाट नजिकको बजार धनकुटाको राजारानी वा मोरङको केराबारी हो । दुवै ठाउँमा पुर्याउन कठिन र बजारमा ३ सय रुपैयाँ प्रतिकिलो बिक्री हुने किवी बारीबाट २ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गर्नुपरेपछि वाइन बनाउन कस्सिएको उनको भनाइ छ । 

आफूले ७ सय क्विन्टलभन्दा बढी किवी उत्पादन गर्ने भएकाले वाइन उत्पादन गर्न पर्याप्त हुने उनी बताउँछन् । उनको घरमा होमस्टेसमेत छ । होमस्टेमा बस्ने पाहुनालाई राई परिवारले त्यही वाइन दिन्छन् । मोरङमा किवीखेती गर्ने राई एक्ला कृषक हुन् । बिक्रीभन्दा वाइनबाट धेरै फाइदा हुने गरेको समेत उनले बताए । उनले किवीको वाइनलाई ब्रान्ड गरेर विदेशतिर निर्यात गर्ने लक्ष्य रहेको समेत सुनाए । 

See More On

सुझावित समाचार