एक घन्टा पछि सारियो मन्त्रिपरिषद्को बैठक, सचिवालय बैठक निर्धारित समयमै बस्ने

बुधबार, ३ मंसिर, २०७७
डिजिटल संस्करण
एक घन्टा पछि सारियो मन्त्रिपरिषद्को बैठक, सचिवालय बैठक निर्धारित समयमै बस्ने

फाइल फाेटाे

मन्त्रिपरिषद्को बैठक एक घन्टा पछि सरेको छ । 

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक आह्वान गरिएकै समयमा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । 

नेकपा सचिवालयको बैठक आज एक बजे बस्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को बैठक एक घन्टा सरेपछि सचिवालयको बैठक बस्ने निश्चित भएको हो । 

यसअघि बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लेखेका पत्र दर्ता भएका थिए । 

अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने दबाब ओली पक्षले दिए पनि उक्त प्रस्ताव फिर्ता नभएपछि ओलीले समेत त्यसको जवाफमा प्रस्ताव पेस गर्न सक्ने सम्भावना रहेको छ । 
 

सुझावित समाचार