कोरोना संक्रमित ७५ वर्षीया महिलाको धरानमा निधन भएको छ ।
मिक्लाजुङ मोरङकी ती महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा निधन भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
मृतक महिलामा २८ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।
उनको सोमबार साँझ साढे सात बजे निधन भएको अस्पतालले जनाएको छ । मृतकको शव नियमअनुसार व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।