कोरोना संक्रमित २५ वर्षीया युवतीको निधन

आइतबार, ३० कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित एक २५ वर्षीया युवतीको निधन भएको छ । 

धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा झापा घर भएकी ती युवतीको निधन भएको अस्पतालले जनाएको छ । 

उनमा यही २७ कात्तिकमा कोरोना पजिटिभ देखिएको र २९ गते शनिबार राति साढे १० बजे निधन भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

मृतकको शव व्यवस्थापन नियमअनुसार हुने उनले बताए ।

सम्पादकको रोजाइ

सुझावित समाचार