पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप १९ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म संक्रमित हुनेको संख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको छ।
यो अवधिमा संक्रमणमुक्त भई २३ सय ४९ जना डिस्चार्ज भएका छन् ।
हालसम्म एक लाख ६४ हजार पाँच सय ९२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
हाल देशभर सक्रिय संक्रमित ३८ हजार चार सय ६१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।